Admission Open

Admission Open
Shiksha Bikash Secondary School

शिक्षक अन्तरवार्ताको तयारी गर्दा ध्यान दिनु पर्ने कुराहरु | मेरो अन्तरवार्ता अनुभव | Mukesh Raut

शिक्षक अन्तरवार्ताको तयारी गर्दा ध्यान दिनु पर्ने कुराहरु | मेरो अन्तरवार्ता अनुभव  | Mukesh Raut
शिक्षक अन्तरवार्ताको तयारी गर्दा ध्यान दिनु पर्ने कुराहरु | मेरो अन्तरवार्ता अनुभव  | Mukesh Raut


शिक्षक सेवा आयोग ले लिखित परीक्षाको नतिजा प्रकाशित गरे सँगै अन्तरवार्ताको मिती समेत तय गरेको छ। लिखित परीक्षामा उतीर्ण भएका साथीहरू धमाधम अन्तरवार्ताको तयारीमा लागि सक्नु भएको छ । यस्तो अवस्थामा कसरी अन्तरवार्ताको तयारी गर्ने भन्ने अन्योल प्रायमा हुनु स्वाभाविक नै हो । 

म २०७२ सालमा आयोग पास गरी हाल श्री शिक्षा विकास मा.वि. कानेपोखरी मोरङ मा अध्यापनरत शिक्षक हूँ । मैले यहाँ आफ्नो अन्तरवार्ता अनुभवका आधारमा तयारी गरी रहनु भएका परीक्षार्थीहरुले ध्यान दिनु पर्ने कुरा उल्लेख गरेको छू। 


१. शिक्षक एउटा भद्र व्यक्तित्व भएकाले अनावश्यक रुपमा भड़कीलो पोषाकभन्दा भद्र देखिने शर्ट पेंट लगाएर जनुहोला । कोट भए त्यो पनि लगाउनु होला । 


२. परिचय दिदा लामो व्याख्या गर्नु भन्दा नाम, ठेगाना र आफ्नो शैक्षिक योग्यता मात्र भन्नु होला। 

३. मुहारमा हल्का मुस्कान सहित आत्मविश्वासका साथ उत्तर दिनुहोला । 

४. आफुलाई न आएको वा confusion भएको प्रश्नमा 'माफ गर्नुहोला, मलाई यो प्रश्नको उत्तर आएन' वा 'Sorry Sir' भन्नु नै बेस हुन्छ । 

५. तीन जनाले पालैपालो सोध्न हुनाले सबै सँग EYE CONTACT गरेर बोल्नु पर्दछ । 

६. लिखित परीक्षामा तयारी गरेका कुरा हरु फेरी राम्ररी पढ्नुहोस। 

७. ऐन, नियमावली र संविधान राम्ररी पढेर जानुहोला । 

८. पाठ योजना, एकाइ योजना, वार्षिक कार्य योजना आदि पढेर जानुहोला । 

९. यदि तपाई कार्यरत हुनुहुन्छ भने आफुले पढाउदै गरेका विषय हरुको बारेमा पनि राम्रो ज्ञान हुन जरूरी हुन्छ । 

१०. अन्तरवार्ता लिनेले प्राय तपाईले दिएको उत्तरबाटै प्रश्न सिर्जना गर्ने गर्दछन । 

११. न आएको खण्डमा अन्तरवार्ता लिनेहरुले नै उत्तर भनी दिने वा सहजिकरण गरीदिने गर्दछन । त्यसैले  न आत्तिनुहोस । Confidence का साथ उत्तर दिनुहोस। 

१२. अन्तरवार्ता दिने दिन भन्दा अघिल्लो दिन निन्द्रा पूरा हुने गरी सुत्नुहोस । अनावश्यक चिन्ता नलिनुहोस । 

१३. समसामयिक कुराहरु पनि पढेर जानुहोला। 

१४. अन्तरवार्ताको अनुभव भएकाहरुसँग पनि सल्लाह लिनुहोस । 

१५. अन्तरवार्ता दिन जादा आवश्यक पर्ने आफ्ना सम्पूर्ण कागजातहरु (Documents) को क्रम मिलाएर लानुहोला । 

१६. शिक्षा क्षेत्रसँग सम्बन्धित abbreviation हरुको पूरा रूप पनि पढेर जानुहोला ।  

अन्त्यमा तपाइको अन्तरवार्ता सफल रही तपाई शिक्षक सेवा आयोगले लिएको परिक्षाको सफल उमेदवारको रूपमा आफ्नो नाम लेखाउन सफल हुनुहोस । 

तपाईलाई सफलताको शुभकामना



यो पनि हेर्नुहोस।






Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.